मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

बैशाख ४, जनपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो । कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको यो…

पुरा पढ्नुहाेस्

मुखियापट्टी मुसहरनिया गाउँपालिका होली मिलन सम्पन्न

चैत्र १३,काठमाडौँ । मधेसमा दिनदिनै होली पर्वको रौनक छ। आइतबार सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेसमा छ । आईतबार मुखियापट्टी मुसहरनिया गाउँपालिकाको कार्यालय टुल्सियहिमा हर्षका साथ होली मिलन कार्यक्रम सम्पन्न भएको छ । आपसी भाइचारा एवं सदभावको पर्यायको रुपमा मनाईने होलिको मान्यता रहेको हो । मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादवको अध्यक्षतामा कर्यालय परिसरमा आयोजित होली मिलन समारोहमा पालिकाका सयौँको संख्यामा सर्वसाधारण, जनप्रतिनिधिहरु, कर्मचारी , शिक्षक, स्थानीय राजनितीकर्मी , समाजसेवी लगायतको सहभागिता रहेको थियो।उक्त समारोहबीच आफनो मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीले होली धार्मिक एवं वैज्ञानिक…

पुरा पढ्नुहाेस्

मधेस प्रदेशका मुख्यमन्त्री यादवले १५ महिना नपुग्दै चौंथो पटक विश्वासको मत लिँदै

चैत्र ११, जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो कार्यकालको करिब १५ महिना पूरा नहुँदै चौंथो पटक विश्वासको मत लिँदैछन् । प्रदेश सरकारबाट नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले फेरि विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । गत शुक्रबार कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले गत सोमबार कांग्रेसका मन्त्रीलाई हटाउँदै एमालेलाई सरकारमा प्रवेश गराएपछि कांग्रेसले समर्थन फिर्ता लिएको हो ।

पुरा पढ्नुहाेस्

मधेस सरकारबाट कांग्रेसले फिर्ता लियो समर्थन

चैत्र १०, जनकपुरधाम । नेपाली कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले गत सोमबार कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेर नेकपा एमालेलाई सरकारमा सहभागी गराएपछि समर्थन फिर्ता लिएको हो । कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले अबको ३० दिनभित्रमा फेरि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने भएको हो ।

पुरा पढ्नुहाेस्

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

फागुन ६, जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मधेशमा २४ सांसद भएको एमाले सबभन्दा ठूलो दल हो । एमालेले नै जसपा संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाएको थियो । तर सत्ता परिवर्तनसँगै कांग्रेस सरकारमा सहभागी बने र एमाले सरकार छाडे । सरकार छाडे पनि एमालेले समर्थन कायमै राखेको थियो । मुख्यमन्त्री यादवलाई दोस्रो पटक पनि विश्वासको मत दियो । तर मुख्यमन्त्रीले जनताको आकांक्षा बमोजिम काम गर्न नसकेको निष्कर्ष निकाल्दै एमाले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको हो । एमाले मधेशका संसदीय…

पुरा पढ्नुहाेस्

तेश्रो पटक विश्वासको मत माग्दै मधेशका मुख्यमन्त्री

फागुन ६, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् । केन्द्रीय गठबन्धनमा अझै सामेल भएपनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्था बमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो । जनमतले साथ छोडेपनि प्रदेशसभामा यादवलाई बहुमत जुटाउन भने कठिन छैन् । उनी जसपाबाट प्रदेश मुख्यमन्त्री चुनिएका हुन् । प्रदेश सभामा रहेका सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीले उनलाई विश्वासको…

पुरा पढ्नुहाेस्

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिँदै

फागुन ४, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम आइतबार २ बजे मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची रहेको मधेस प्रदेश सभाका निमित्त सचिव अरुणकुमार झाले जानकारी दिए । मधेस सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

पुरा पढ्नुहाेस्

प्रथम जितपुरसिमरा महोत्सव २०८० हुने

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक महोत्सव हुने भएको छ । जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको आयोजनामा प्रथम जितपुरसिमरा महोत्सव– २०८० हुने भएको हो । आगामी फागुन १८ देखि ३० गतेसम्म जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनीमा महोत्सव आयोजना गरिने जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिए । उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताए । महोत्सवले स्थानीय कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात रहेको र बारामा पर्यटनका लागि पनि महत्वपूर्ण छ भन्ने पुष्टि…

पुरा पढ्नुहाेस्

मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने

माघ १४, वीरगंज । मधेस प्रदेशमा केही समय अघिसम्म सत्ता सहयात्री रहेको जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी थालेका छन् । मुख्यमन्त्री यादवले आगामी १ हप्ताभित्र विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ ।

पुरा पढ्नुहाेस्

मधेसमा साइकल भ्रष्टाचार प्रकरण: तत्कालीन सचिव र इञ्जिनियर दोषी

माघ १२,काठमाडौँ । मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इञ्जिनियर भगवान झालाई दोषी ठहर गरेको छ । साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको हिजोको इजलासले भुसाल र झालाई दोषी ठहर गरेको हो । अदालतले दुुवैलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिबाना तोकेको छ।

पुरा पढ्नुहाेस्