जेठ १५, काठमाडौं । बिहान १० बजेपछि बेपत्ता भएको तारा एयरको विमान चालकको फोन लोकेसन ट्रयाक भएको छ । बेपत्ता विमान खोजीका क्रममा चालकको मोबाइल फोनको लोकेसन ट्रयाक भएको हो । नेपाल टेलिकमले पाइलट प्रभाकर घिमिरेको फोनको लोकेसन ट्रयाक गरेको तारा एयरका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तोलाले बताए । उनले भने, लोकेसन ट्रयाक भएको छ, त्यतातिर सेना, प्रहरी र तारा एयरको उद्धार टोली परिचालन भइसकेको छ ।’
उद्धार तथा खोजी कार्यका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा सेना र प्रहरीको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । विमान बेपत्ता भएपछि खोज्नका लागि जोमसोबाट हेलिकप्टर पठाइएकोमा मौसम खराबीका कारण जोमसोममै फर्किएको छ । तारा एयर कम्पनीले विमानको खोजी भइरहेको जनाएको छ । प्रहरीको टोली खोजीका लागि सम्भावित घटनास्थलतर्फ लागिसकेको छ ।