नेपाल बैंकको मोवाईल बैंकिङ् एप चलाउँदा डाटा शुल्क नलाग्ने

असार २, काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाइ सो विशेष सुविधा दिने गरी मिति २०७९ असार १ गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमविच सम्झौता भएको हो ।

सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर श्री संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर श्री होम बहादुर खड्काले हस्ताक्षर गर्नुभएको थियो । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक श्री सुनिल पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाण्डौमा भएको एक समारोहमा नेपाल बैंक लिमिटेड मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख श्री अर्जुन बहादुर कंडेल, कार्ड तथा डिजिटल डिभिजन प्रमुख श्री संजिब जोशी, नेपाल टेलिकमका उपप्रबन्धकहरु श्री खगेन्द्र बहादुर श्रेष्ठ र श्री रंजित लोहिया लगायतको पनि उपस्थिति रहेको थियो । । सो सम्झौता अनुशार नेपाल टेलिकमको मोवाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोवाइल बैंकिङ्ग रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोवाइल बैंकिङ्ग एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो ।

नेपालभर २१३ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

संम्बन्धित समचार

Leave a Reply