प्रेम आलेको अभिव्यक्तिलाई लिएर संघीय संसद्को आचारण अनुगमन समितिको कार्यालयमा उजुरी

असार ५, काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रेम आलेको अभिव्यक्तिलाई लिएर संघीय संसद्को आचारण अनुगमन समितिको कार्यालयमा उजुरी परेको छ । अधिवक्ता किशोर पौडेल, अधिवक्ता अनुपम भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले आइतबार उजुरी गरेका हुन् । २०७८ फागुन ३ र २०७९ असार ३ गते विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक अडियोमा आलेले अश्लिल शब्द प्रयोग गरेको र सो व्यवहार प्रतिनिधि सभा नियमावलीको विपरीत भएको निवेदनमा भनिएको छ ।

‘सांसदको आचारसंहिताको विषयमा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१६ को उपनियम ख अनुसार प्रतिनिधि सभा सदस्यहरुले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचार अनुकूलको व्यवहार गर्ने उल्लेख छ। यस्तै सोही नियमको उपनियम ९२० मा आचारसंहिता प्रतिनिधि सभाका पदाधिकारी र सदस्यको सार्वजनिक जीवनको सबै पक्षमा लागू हुने विषयसमेत उल्लेख छ’, निवेदनमा भनिएको छ ।

संम्बन्धित समचार

Leave a Reply