शेयर बजार सामान्य बढ्यो, १ अर्ब २६ करोड रुपैयाँको कारोबार !

भाद्र १३, काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज सोमवार सामान्य बढेको छ । लगातार घटिरहेको शेयर बजार आज भने सामान्य सुधार भएको हो । आज नेप्से तीन दशमलव ७६ अङ्कले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको शेयर ४० अङ्कभन्दा धेरै बढेको छ । बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूहको शेयर भने घटेको छ ।

आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता शेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

संम्बन्धित समचार

Leave a Reply