रुपन्देहीमा भारतीय सहयोगमा निर्माण भएको विद्यालय परियोजनाको उद्घाटन

भाद्र १९,काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज रुपन्देही जिल्लामा विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरे । यस परियोजनामा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका, धकधईमा अवस्थित श्री राम नरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय तथा प्रयोगशाला भवन रहेका छन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेपाली रुपैया २.०९ करोडको लागतमा जिल्ला समन्वय समिति रुपन्देहीले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा यस परियोजनाको कार्यान्वयन गरेको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये रुपन्देही जिल्लाका १२ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।

भारत र नेपालबीच बहुआयमिक एवम् बहुपक्षीय विकास साझेदारी रहेकोे छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी परियोजनाहरुको कार्यान्वयनले नेपालमा सामाजिक–आर्थिक पूर्वाधार अझ बलियो बनाउन तथा सामुदायिक तहमा व्यक्तिको विकासमा योगदान पुर्याउन भारत सरकारले निरन्तर पुर्याउदै आएको सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

संम्बन्धित समचार

Leave a Reply