राष्ट्रपतिबाट प्रमाणीकरण भएन नागरिकता विधेयक !

असोज ५, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी १५ दिन गुजारेकी छन् । भदौ २० गते दोस्रोपटक संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक प्रमाणीकरण समयसीमा मंगलबार राति १२ बजेसम्म प्रमाणीकरण नगरेकी हुन् । यसअघि पहिलोपटक पठाउँदा उनले पुनःविचारका लागि भन्दै नागरिकता विधेयक संसदमै फिर्ता पठाएकी थिइन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेकी छन् । संविधानको धारा ११३ को उपधारा ४ मा एउटै विधेयक दोस्रो पटक प्रमाणिकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

संम्बन्धित समचार

Leave a Reply