लाल मोहम्मदको हत्यामा संलग्न तीनजना सार्वजनिक

असोज १४, काठमाडौं । गोठाटारमा गोली हानेर एक व्यवसायीको हत्या भएको घटनामा संलग्न मध्येका तीनजनालाई प्रहरीले पक्राउ गरेर आज शुक्रबार सार्वजनिक गरेको छ । यही असोज ४ गते बेलुकी लाल मोहम्मदको हत्यामा संलग्न भएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमध्ये दुईजना हतियार ब्यवस्थापक र एकजना निगरानीकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले वीरगञ्जका २१ वर्षिय महुरम मिया, पर्साकै १९ वर्षिय रेहान मिया र मकवानपुरको बकैया घर भइ हाल काठमाडौंको कपनमा बस्ने २१ वर्षिया सुस्मिता स्याङतानलाई पक्राउ गरेको हो । यी मध्ये महुरम र रेहानले हतियार ब्यवस्थापनमा सघाएको प्रहरीले जनाएको छ । स्याङतानले भने लाल मोहम्मदको निगरानी गर्ने गरेकी थिइन । स्याङतान यसअघि चोरी मुद्दामा जेल परिसकेको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यही असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका तीन व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेर हत्या गरेका थिए । प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएर सो घटनाको छानबिन गरिरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply