चितवन-३ मा विक्रम पाण्डेको ९ हजार १०९ मतान्तरसहित अग्रता

मंसिर ९,काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम पाण्डेले ९ हजार १०९ मतान्तरसहित अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मतगणना अनुसार उनले ३१ हजार २६० मत पाएका छन् । उनलाई माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २२ हजार १५१ मतसहित पछ्याइरहेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालले १४ हजार ३७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १० हजार ५१२ मत प्राप्त गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply