नुवाकोटकी बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी

चैत १०, काठमाडौँ । नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली लामिछाने आइतबारदेखि १ सय १७ वर्षको भएकी छिन् ।

आइतबार १ सय १७ वर्ष उमेर पुगेकी लामिछानेलाई जन्म दिनको शुभकामना दिन र विश्वकै ज्येष्ठ नागरिक बन्न सफल भएकोमा बधाई दिनेहरु शनिबारदेखि नै उनको घरमा ताँती लागेका थिए ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषले शनिबार नै उनको घरमा पुगेर अभिनन्दन गर्नुका साथै शुभकामना र बधाई दिएको छ । कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यको नेतृत्वमा गएको कोषको टोलीले बाटुली लामिछानेलाई केही आर्थिक सहयोग पनि प्रदान गरेको थियो ।

त्यस अवसरमा अध्यक्ष कर्माचार्यले बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उनको नागरिकता र स्वास्थ्य परीक्षणबाट पुष्टि भएको बताए। बाटुली लामिछाने विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक रहेकोले त्यसका लागि नेपाल सरकारकातर्फबाट पहल गरिने जानकारी पनि उनले गराए। रासस

संम्बन्धित समचार

Leave a Reply