नेकपामा दुई नेताको सक्रियताः सिद्धान्त र संगठनमा पुर्वएमालेलाई किन धेरै चिन्ता ?

  • टिप्पणी

जेठ ३२,काठमाडौँ । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेता एवम् रक्षामन्त्री इश्वर पोखरेल पार्टी एकिकरण, सिद्धान्त तथा संगठन निर्मणमा निकै नै चर्चामा आईरहेका छन् । दुई पार्टी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकिकरणका समयमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच भएको थियो । केहीदिन अघि भारतमा नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएसँगै नेपालका प्रधानमन्त्री ओली शुभकामना व्यक्त गर्न भारत गएका थिए । ठिक त्यसै समयमा नेकपाका अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताएसँगै नेकपाभित्र विवाद चुलिएको थियो ।

पुर्वमाओवादीसंग आक्रमक छन, पोखरेल

त्यसै समय देखी नेता पोखरेलका अभिव्यक्तीहरु पूर्व माओवादीका लागि कठोर देखिँदै आएको छ । उनको सामान्य विश्लेषण गर्दा उनि तत्कालिन नेकपा माओवादी केन्द्र र त्यसको नेतृत्व पुष्पकमल दाहालप्रति कठोरतापूर्वक प्रस्तुत भएका छन् । यसबाट के बुझ्न सकिन्छ भने, उनी पार्टीको सिद्धान्त सबल बनाएर मात्रै एकिकरणलाई पुर्णता दिने पक्षमा छन । तत्कालिन समयमा पोखरेलले आफुलाई नेकपा एमालेको अध्यक्ष ओली पछिको उत्तराधिकारी ठानेका थिए ।

माओवादी र एमालेको मिलनपछि उनको त्यो महत्वकाँक्षा तत्काल पूरा हुने संभावना देखिएन । त्यसैले उनि एकता गरिहाल्ने हो भने माओवादीलाई कमजोर हैसियत दिएर मात्रै गराउनुपर्छ भन्ने मान्यता राख्दथे । माओवादीले गरेको १० वर्षे जनयुद्ध र त्यसका उपलव्धिलाई उनले कहिल्यै सकारेनन् । बरु प्रचण्डमाथि प्रहार केन्द्रित गरिरहे । पार्टी एकता गर्दा अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको ५ बुंदे सहमतिले उनको त्यो महत्वकाँक्षामा चिसो पानी खन्याईदियो । अझ उनलाई पाखा लगाएर उपमहासचिव विष्णु पौडेल पार्टीको नेकपाको महासचिव बने । सरकारमा पोखरेललाई लगियो तर सुरुमा न उपप्रधानमन्त्री दिईयो न उनले चाहेको अर्थमन्त्रालय दिन प्रधानमन्त्री ओली नै तयार देखिए ।

जवजलाई संयुक्त पार्टीमा स्थापित गर्न सफल हुन्छन पोखरेल ?

पछिल्लो समय नेता पोखरेल नेकपामा जवजको सिदान्त दह्रो बनाउदै लैजानपर्नेमा जोड दिदैछन । यसको मतलब यो हो होकी, पार्टीमा दुवै अध्यक्ष विचारको राजनिति भन्दापनि शक्तिको दौडधुपमा रहेका बेला कम्युनिष्ट पार्टीलाई आर्दशको पार्टी बनाउन सिदान्त कै जगमा रहनुपर्छ भन्ने लाईन पोखरेलको रहेको आम विश्लेषकको धारणाले बताउछ । पुर्व एमालेमा होस्, पुर्व माओवादीमा होस् अहिले कुनै नेताले अब यो विचारमा अघि बढ्न पर्छ भन्ने आँट गर्न सकेका छैनन् ।

तत्कालिन एकताको बेला कुनै आधिकारिक निकाय वा बैठकबाट नेकपाको विचार तय गरिएको होइन, आठ नेता (केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा) को हस्ताक्षरबाट पूर्वमान्यता स्थगित गरी ‘जनताको जनवाद’ बनाइएको थियो ।

‘जनताको बहुदलीय जनवाद’लाई तल सम्म लिएर जान्छु

अध्यक्ष प्रचण्ड र ओलीसहितका ८ नेताले तत्कालिन एमालेले भन्ने गरेको जनताको बहुदलीय जनवाद वा तत्कालिन माओवादीले भन्ने गरेको २१ औं सताव्दीको जनवाद हैन, पार्टी एकताको आधार जनताको जनवाद भनेर सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सचिवालय सदस्य पोखरेलले तत्कालिन माओवादी र प्रचण्डप्रति गरेको प्रहारलाई माओवादी खेमाले मन नपाउने कुरा स्वभाविक हो ।  नेता पोखरेलले अव पार्टीको नेतृत्व आफुले लिन चाहेको र त्यो जबजको बलमा खडा हुने दावी गरेका छन् ।

उनले पछिल्लो एक अन्तरबार्ताका क्रममा अबको नेतृत्वबारे भनेका छन्– ‘अध्यक्षहरू अलमलिनुभएको कुरामा मैले के जवाफ दिनु र । तर नेतृत्व भन्ने कुरा तीनवटा आधारमा खडा हुन्छ । एउटा, देशभरिका कार्यकर्ताको आम चाहना के हो र ? अर्को परिस्थितिले के कुराको डिमान्ड गर्छ ? र, आवश्यकता के हो ? यस आधारमा नेतृत्वको फैसला हुन्छ ।’

पूर्व एमालेकै केही नेताहरुले पोखरेलको यो हर्कत शक्तिका लागि हुने गरेको आरोप लगाएपनि जवजलाई स्थापित गर्न पाखरेल बली चढ्न पनि तयार छन् भन्दै कसैले सैद्धान्तिक बहसलाई जोड दिँदै आएका छन् । अहिले उनले बहसको विषय बनाएका छन् , जनताको बहुदलीय जनवाद । पोखरेलले भनेका छन– ‘म यो सैद्धान्तिक विषय लिएर तल सम्म जान्छ ।’

संगठनको चिन्ता खनाललाई

अहिले नेकपामा बरिष्ठ नेताको पद पाएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीले छिटो काम गर्नुपर्नेमा जोड दिँदै आएका छन् । उनले खासमा संगठनको निष्कृयतामाथी प्रश्न उठाउदै आएका छन । सार्वजनिक मञ्चमै उनले भन्दै आएका छन्– वर्ष दिनसम्म जिम्मेवारी बिहिन बनेर बस्दा पार्टी माथि नै गलत चिन्तन आएको छ,नेता फुर्सदिला भएका छन, संगठनमा खिया लाग्न थालिसक्यो,भुत्ते खुकुरीको अवस्थामा संगठनलाई पुर्याइए नेकपा दिर्घकालमा कमजोर हुने उनको तर्क छ ।

यो विषयमा पाि अहिलेका नेताहरु बोल्न हिच्कच्याईरहेका छन । उनिहरु पार्टी एकताको बेला भएको यो ढिलासुस्तीलाई सामान्य हो भनेर टार्छन । तर नेता खनालले संगठनबिना पार्टीको जिवन्तता नै नरहेको बताउछन । उनले पछिल्लो समय गरेका विभिन्न टिप्पणीले पनि संगठनमा स्वच्छ तरिकाले चिन्ता गर्ने उनि एक हुन । खनालले पार्टी एकताका क्रममा तल्ला कमिटीलाई तत्काल बिघटन गर्दा प्राविधिक कमजोरी भएको उल्लेख गर्दै वर्ष दिनसम्म नेकपाका आठ लाख सदस्य काम बिहिन बनेको समेत बताएका छन् ।

सरकारका राम्रो कामको प्रचार संगठन बलियो भएमात्रै हुन्छ

ब्रिष्ठ नेता खनालले पार्टीको संगठन बलियो भएमात्रै अहिलेको सरकारले गरेका राम्रा कामको प्रचार ुनसक्ने बताएका छन । उनले भनेका छन–अब चाँडै तल्लोतहसम्म एकता सम्पन्न गर्नु आवश्यक भईसक्यो, कार्यकर्ता लाखौँ छन भन्ने तर संगठित गर्न नसक्ने हो भने आगामी दिनमा अप्ठ्यारो पर्न सक्छ । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई समेत नयाँ उचाई दिन पर्नेमा जोड दिएका छन ।

यसबाट एकातिर नेकपा भित्र मुख्य विषयमा बोल्ने र चिन्ता लिने यी दुई नेताहरु इश्वर पोखरेल र झलनाथ खनाललाई देखिन्छ । तर पनी उनीहरु बिचको विभिन्न अभिव्यक्तिहरुलाई आधार मान्ने हो भने शक्तिका लागि पनि उनीहरु अहिले यो दौड गरिरहेका छन भन्नेहरु पनि थुप्रै भेटिन्छन । यसो भनिरहदा पार्टीका अन्य नेताहरु चाँही संगठन र विचारलाई ध्यानै दिईरहेका छैनन् त भन्ने प्रश्न पनि आउन सक्छन तर पछिल्लो समय नेकपाका प्रभावशाली नेताहरु मध्ये खनाल र पोखरेलको सक्रियता पार्टीको विचार र संगठनलाई नै बलिया बनाएर लैजानुपर्छ भन्नेमा देखिन्छ ।

संम्बन्धित समचार

Leave a Reply