बरिष्ठ पत्रकार विनय गुरुवाचार्यको निधन

मंसिर ६,काठमाडौँ । अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको शुक्रबार निधन भएको छ । लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको थापाथलीमा रहेको आफ्नै निवासमा निधन भएको हो ।

संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय समाचार समिति एसोसिएटेड प्रेस (एपी) को काठमाण्डौ प्रतिनिधिका रुपमा ३८ वर्ष सेवा गरेका गुरुवाचार्यले नेपाल वातावरण पत्रकार समूहमा रहेर पनि काम गरेका थिए ।

पेसाप्रति पूर्ण समर्पित गुरुवाचार्यको अनुभवबाट उहाँका समकालीन र पछिल्ला पुस्ताले पेसागत जिम्मेवारीका सम्बन्धमा धेरै ज्ञान हासिल गरेका थिए ।

उनको शनिबार अन्त्येष्टि हुने परिवारिक स्रोतले जनाएको छ । स्व.गुरुवाचार्यका श्रीमती, छोरा र एक जना छोरी छन ।

उनका छोरा विनाज गुरुवाचार्य एपीका लागि काठमाण्डौका प्रमुख संवाददाता छन ।

संम्बन्धित समचार

Leave a Reply