जापानका प्रधानमन्त्री सिन्जो आवे भन्छन्-‘ओलम्पिक खेल रोकिँदैन’

चैत्र २, काठमाण्डौ । जापानका प्रधानमन्त्री सिन्जो आवेले ओलम्पिक खेल नरोकिने बताएका छन् । प्रधानमन्त्री आवेले ओलम्पिक खेल निर्धारित मितिमै हुने बताएका छन् । ओलम्पिक २०२० को आयोजक राष्ट्र जापानका प्रधानमन्त्री आवेले निर्धारित मितिमै खेल आयोजना गर्नेगरी तयारी भइरहेको बताए । ओलम्पिक खेलको मिति २४ जुलाईमा तोकिएको छ ।

तर, कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएपछि विश्वभर लगभग सवैजसो प्रतियोगिता स्थगित गरिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओलम्पिक अर्को वर्ष गर्नेगरी स्थगित गर्न आग्रह गरेका थिए । तर, जापानी प्रधानमन्त्री आवेले भने खेलबारे निर्णय लिने अधिकार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको भएको बताएका छन् ।

संम्बन्धित समचार

Leave a Reply