चट्याङ लागेर एक महिलाको मृत्यु

वैशाख ८, पर्वत । आइतबार साँझ परेको चट्याङबाट पर्वतको फलेवास नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालकाअनुसार शंकरपोखरीको टारी स्थित गोविन्द प्रसाद भुसालकी श्रीमती २८ वर्षीया कल्पना भुसालको मृत्यु भएको हो ।

साँझ साढे ५ बजेको समयमा गोठमा बाख्रा बाँधिरहेको अवस्थामा उनलाई चट्याङले लागेको थियो । चट्याङबाट गम्भीर घाइते भएकी कल्पनालाई तत्कालै उपचारका लागि सदरमुकाम कुस्मामा रहेको पर्वत अस्पतालमा लगिएको भए पनि चिकित्सिकहरुले केही बेरमा नै मृत घोषित गरेका थिए । आइतबार अपराह्नबाट नै पर्वतमा मेघ गर्जनसहित भारी वर्षा भएको थियो । सो क्रममा लामो समयसम्म चट्याङका झिल्काहरू देखिएका थिए ।

संम्बन्धित समचार

Leave a Reply