१० दिनमा भारतबाट १४ हजार कर्णालीबासी नेपाल भित्रिए, ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

जेठ १५,सुर्खेत। १० दिनको अवधिमा भारतबाट १४ हजार कर्णालीबासी नेपाल भित्रिएका छन् । जेठ ६ गतेदेखि बुधवारसम्मको अवधिमा १४ हजार बढी बासिन्दा कर्णाली भित्रिएका हुन् । यही अवधिमा भित्रिएका मध्ये अहिलेसम्म ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतले रेल सेवा खुल्ला गरेपछि अहिले विशेषगरी मौसमी रोजगारका लागि भारत गएकाहरु फर्कनेको ओइरो लागेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णाली प्रदेशको सीमा नाका सुर्खेतको बबईमा दैनिक एक हजार बढी आइरहेका छन् । बबईमा मानिसहरुको ओइरो लाग्ने गरेको छ । बबईमै आरडीटी परीक्षणको पनि व्यवस्था मिलाइएको छ । मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायले भारतबाट आउनेहरु बबईमा रोकेर परीक्षण गरेपछि मात्र भित्रिन दिइएको जानकारी दिए । उहाँले जेठ ६ गते यता दैनिक एक हजारदेखि दुई हजारसम्म कर्णालीबासी भित्रिने गरेको बताए । कर्णालीमा २५ हजार बढी भित्रिने अनुमान गरिएको छ ।

कर्णाली प्रदेशमा विहीवारसम्म कोरोना पुष्टि भएका ४६ जना सवै यही अवधिमा भारतबाट आएकाहरु हुन् ।

संम्बन्धित समचार

Leave a Reply