अहिलेसम्म एक लाख ४३ हजार भन्दा धेरै जनाको पीसीआर परीक्षण

असार २,काठमाडौँ । नेपालमा अहिलेसम्म एक लाख ४३ हजार भन्दा धेरैको पीसीआर विधिमार्फत कोरोना जाँच भएको छ ।

अहिलेसम्म एक लाख ४३ हजार सात सय ३८ जनाको पीसीआर र दुई लाख २३ हजार पाँच सय जनाको आरडीटी विधिमार्फत जाँच भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर र ४ हजार १ सय ८३ जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ ।

मङ्गलबारसम्म नेपालमा कोरोना भाइरस ९कोभिड—१९० सङ्क्रमितको सङ्ख्या साढे ६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार तीन सय ८० जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय ९१ पुगेको हो ।

त्यस्तै मङ्गलबार एक सय १७ गरी आजसम्म एक हजार एक सय ५८ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

संम्बन्धित समचार

Leave a Reply