१८२ जनामा कोरोना पुष्टि भएपछि सम्सी गाउँपालिका ७२ घण्टाको लागि सिल

असार ३,महोत्तरी । जिल्लाको सम्सी गाउँपालिकामा कोरोना कोभिड १९ को पोजेटिभ विरामी बढेपछि बुधबार राति १२ बजेदेखि ७२ घण्टाको लागि सो गाउँपालिका सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सम्सी गाउँपालिकामा मात्रै २७३ जना कोरोनाको पोजेटिभ विरामी फेला परेपछि गाउँपालिका सिल गरिएको बताए । सम्सी गाउँपालिकामा बुधबार मात्रै १८२ जना कोरोना पोजेटिभको रिपोर्ट आएको थियो ।

महोत्तरी जिल्लामा अहिलेसम्म फेला परेको ५०८ कोरोना पोजेटिभ मध्ये आधाभन्दा बढी सोही गाउँपालिकाको रहेको कारण सतर्कता अपनाउन सो गाउँपालिकाको चारकिल्ला भित्र रातिबाट सिल गर्ने निर्णय गरिएको प्रजिअ कटुवालले बताए ।

सिल गरिएको अवधिमा आवश्यक काम बाहेकको अवस्थामा घर बाहिर कसैलाई ननिस्कन प्रशासनले गाउँपालिकाका बासिन्दासँग आग्रह गरेको छ ।
सम्सी गाउँपालिकामा रहेको १६ वटा क्वारेन्टाइनहरुमा हजारभन्दा बढी जना रहेको स्वास्थ्य कार्यालय महोत्तरीका कोरोना कोभिडका फोकल पर्सन गिरेन्द्रकुमार झाले जानकारी दिए । क्वारेन्टाइनहरु व्यवस्थित नहुँदा त्यँहीबाट बढीलाई कोरोनाको सङ्क्रमण भएको हुन सक्ने आँकलन गर्नुहुँदै उहाँले गाउँपालिकालाई तत्कालै क्वारेन्टाइन सुधार गर्न आग्रह गरिसकिएको बताए ।

संम्बन्धित समचार

Leave a Reply