आज थपिएका ३३१ सङ्क्रमित कहाँका हु्न् ? (जिल्लासहित हेर्नुस्)

असार ६,काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ६ सय पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय ३१ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या आठ हजार ६ सय नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

धरानका भएको परीक्षणमा झापाका र सुनसरीका गरी तीन जना, विराटनगरमा भएको परीक्षणमा मोरङका आठ जना, जनकपुरमा भएको परीक्षणमा महोत्तरीका २४ र सर्लाहीका तीन जनामा कोरोना पुष्टि भएको छ । वीरगञ्जमा भएको परीक्षणमा बाराका तीन जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा बाराका एक, बाग्लुङका १४, बैतडीका र गुल्मीका १८–१८ जना, डडेल्धुराका १२, डोटीका ६१, रुपन्देही, कैलाली, पाल्पा, नवलपरासी पश्चिम र काठमाण्डौका एक–एक जना, नवलपरासी पूर्वका १७, रामेछापका तीन जना, रौतहटका दुई जना र सर्लाहीका ६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा धादिङका ८ जना, पाल्पाका १६ जना र भक्तपुरका सात जनामा कोरोना पुष्टि भएको छ । चितवनमा भएको परीक्षणमा नवलपरासी पूर्वका चार जना र स्याङ्जाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । हेटौँडामा भएको परीक्षणमा पाँच जनामा सङ्क्रमण देखिएको हो ।

शिक्षण अस्पतालमा भएको परीक्षणमा कैलालीका दुई जना, पोखरामा भएको परीक्षणमा बाग्लुङका ६ जना, नवलपरासी पूर्वका ११ र तनहुँका २३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

रुपन्देहीमा भएको परीक्षणमा पाल्पाका १६ जना, भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा बाँकेका १४ जना र बर्दियाका सात जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा रुकुम पश्चिमका एक जना, दाङका चार र प्युठानका आठ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

संम्बन्धित समचार

Leave a Reply