साफ फुटबलका लागि नेपाली टोलीको घोषणा

भाद्र १२, काठमाडौं । बंगलादेशमा यही भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको सोमबार घोषणा गरिएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणमा रहेका २९ खेलाडीबाट विराज महर्जनको कप्तानीमा २० सदस्यीय टोली छनोट गरेका हुन् ।

टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ र निराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।

च्याम्पियनसिपको समूह ‘ए’मा नेपालसहित आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन् ।

नेपालले भदौ १९ मा पाकिस्तानसँग खेल्दै साफको सुरुआत गर्नेछ ।

त्यसपछि नेपालले भदौ २१ मा भुटानको तथा भदौ २३ मा आयोजक बंगलादेशको सामना गर्नेछ ।

यसअघि, भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

भदौ ३० गतेसम्म हुने च्याम्पियनसिपको समूह ’बी’मा साविकको विजेता भारत, श्रीलंका र माल्दिभ्स छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । रासस

संम्बन्धित समचार

Leave a Reply