अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भासियो !

असार ३०, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमवार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः भासिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीका अनुसार यसअघि सो ठाउँमा थप धसिएपछि खतरा बढेकाले सवारी सञ्चालन रोकिएको हो । सोमवार बिहान धसिएको ठाउँमा थप धसिएपछि ग्राबेल हालेर सवारी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै भासिएको हो । अधिकारीका अनुसार १७ किलोमा तीनदेखि ३ दशमलव ५ मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटभन्दा बढी सडक धसिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । त्यसै ठाउँमा विसं २०६० मा सडकमुनिबाट एंकर पर्खाल दिएर निर्माण गरिएको थियो ।

सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको हो । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा ६ दशमलव ५ मिटर फराकिलो सडक ७० मिटर लामो भाग धसिएको छ ।

संम्बन्धित समचार

Leave a Reply