सर्बोच्च अदालतले भन्यो-‘सरीता गिरीलाई पार्टी सदस्यता दिनु पर्दैन’

साउन १२, काठमाण्डौ । सर्वोच्च अदालतले जनता समाजवादी दलबाट हटाइएकी सरीता गिरीलाई अन्तरिम आदेशबाट सो पार्टीको सदस्य र सांसद पदमा पुनर्वहाली गर्न नसकिने आइतबार आदेश गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संयुक्त इजलासले हाललाई अन्तरिम आदेशबाट सरीता गिरीलाई पुनर्वहाली गर्न नसकिने उल्लेख गरेको हो । नेपालको सार्वभौमसत्ताविरुद्ध बोलेको आरोपमा उक्त दलको केन्द्रीय कार्य समितिले गिरीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको थियो । सो बमोजिम साँसद पद पनि गुमेको थियो ।
आफूलाई विना कसूर पार्टीबाट हटाइएको उल्लेख गर्दै गिरीद्धारा सर्वोच्चमा रिट निवेदन दायर गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply