मास्क नलगाउने चार लाख कारबाहीमा, २५ लाख रुपियाँ जरिवाना

भाद्र १, काठमाडौँ । नेपालभरमा हालसम्म चार लाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई केही बेर सडकमा उभ्याउने र मास्कको महत्त्वको बारेमा बुझाउने र अनिवार्य रुपमा मास्क लगाएर मात्रै घरबाहिर निस्कनको लागि सम्झाउने काम भएको छ । त्यति हुँदा पनि अटेर गरेमा सङ्क्रामक रोग निवारण ऐनअन्तर्गत कारबाही गरेको छ ।

नेपालका ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत मास्क प्रयोग नगरी हिँड्नेलाई कारबाही गरिने प्रकृयाअघि बढाएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । साउन ३० गतेसम्ममा नेपालका ७७ जिल्लामा चार लाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर आएकामध्ये तीन लाख ५४ हजार ८२४ जनालाई मास्क लगाएर हिँड्न सम्झाएर पठाएको र उनीहरूलाई ३९ हजार ५०७ थान मास्कसमेत वितरण गरेको प्रवक्ता बुढाले भने ।

संम्बन्धित समचार

Leave a Reply