शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

असोज २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

भर्नापछि उनको पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएको मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिए । उनका अनुसार मन्त्री पोखरेलको अवस्था सामान्य रहेको र हाल पाटन अस्पतालमै उपचारमा रहेका छन् । यसअघि पर्यटनमन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण देखिएको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply