राष्ट्रपतिद्वारा कायम मुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

साउन १७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् ।

सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ,  नेपाली सेनाका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि मिति २०७८/५/२४ गतेबाट समाप्त हुने भइ अनिवार्य अवकाश पाउने र निज मिति २०७८/४/२५ गतेबाट घरबिदामा बस्‍नु हुने भएकाले हाल जेष्ठताका क्रममा रहेका ब्य. नं. १३५३ बलाधिकृत रथी श्री प्रभुराम शर्मालाई सैनिक ऐन,२०६३ को दफा (३) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०७८/४/१२ गतेको निर्णयबाट सिफारिस भए बमोजिम मिति २०७८/४/६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नु भएको छ ।’

संम्बन्धित समचार

Leave a Reply