क्रिस्टल प्यालेससँग आर्सनलको बराबरी

कार्तिक ०२, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा खेलको आठौं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै प्यालेसलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ७३ औं मिनेटमा ओड्सोन एड्वार्डले गोल गर्दा प्यालेसले २-१ को अग्रता बनायो । तर, खेलको इन्जुरी समयमा एलेक्सजेन्ड्र लाकाजेट्टीले गोल गर्दै आर्सनललाई २-२ को बराबरीमा ल्याएर हारबाट जोगाए ।

यस बराबरीसँगै आर्सनलले ८ खेलमा ११ अंक जोडेको छ । आर्सनल लिगको १२ औं स्थानमा रहेको छ । प्यालेस ८ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply