मार्सेसँग पीएसजीको बराबरी

कार्तिक ०८, काठमाडौं । लिग वनअन्तर्गत मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेल्दै अंक बाँडेका छन् । फ्रान्सको ‘ले क्लासिक’ डर्वीमा दुवै टोलीको गोलले मान्यता नपाउँदा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मार्सेमा आइतबार राति भएको खेलको १४औं मिनेटमा लुआन पेरेसले गोल गरेपनि भीएआरबाट उनको गोलले मान्यता पाएन । २०औं मिनेटमा एर्काडिअस मिलिककोे गोलले पनि मान्यता पाएन ।

खेल ५७औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो । सेन्गिज अन्डरलाई फल गर्न पुगेपछि रेफ्रीले अचरफ हाकिमीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

बराबरीसँगै ११ खेलबाट २८ अंक जोडेको पीएसजी शीर्षस्थानमा यथावत रहँदा मार्से १८अंक जोडेर शीर्ष चारमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply