न्यायालयका १४ भाईको बैठक बस्दै

कार्तिक ०८, काठमाडौं । सर्वोच्च अदालतका १४ न्यायाधीशहरूको बैठक आज बिहान ११ बजे बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज बोलाएको फुलकोर्टमा सहभागी नहुने निर्णय गरेका न्यायाधीशहरू इजलास सुरु हुने समयमै बैठक बस्न लागेका हुन् ।

आइतबारको बैठकमा सर्वोच्चका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए ।

आइतबारकोे १४ न्यायाधीशको बैठकले फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको थियो । सर्वोच्चमा कार्यरत १९ स्थायी न्यायाधीशमध्ये पाँचजना काठमाडौ बाहिर भएकाले अदालतमा उपस्थित थिएनन् ।

यसअघि जबराले आइतबारै नेपाल बार एसोसिएसनसँगको छलफलमा सोमबार फुलकोर्ट बोलाउने र त्यसमा बारका प्रतिनिधि पनि सहभागी गराउने बताएका थिए ।

मन्त्री बनाउन आफ्ना आफन्तलाई सिफारिस गरेको र विकृतिविहीन न्यायालयसम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेकोलगायतका विषयमा प्रधानन्यायाधीश जबरामाथि प्रश्न उठेपछि विवादित बनेका छन् । तर, यी प्रश्न भने जबराले अस्वीकार गर्दै आएका छन् ।

संम्बन्धित समचार

Leave a Reply