परमादेश दिने पाँचैजनाले राजीनामा गर्नुपर्छ : ओली

कार्तिक १०, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन बदर गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

ओलीले मंगलबार एमालेको पालिकास्तरको अधिवेशन उद्घाटनका क्रममा प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गत असार २८ गते परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन् ।

सर्वोच्च अदालतमा हजारौं मुद्दा टुंगिन सकेका छैनन् । श्रीमान् न्यायाधीशहरू कसले केके गरेका थिए, अहिले आफैंले उधिन्न थालेका छन् । सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले परमादेश जारी गरेका थिए । एकजना (प्रधानन्यायाधीश_ को मात्रै किन राजीनामा माग्नु ? पाँचै जनाले राजीनामा दिँदा उपयुक्त हुन्छ ।’

ओलीले सर्वोच्च अदालतको उक्त परमादेशबाट देशमा तमासा भइरहेको बताए । ‘सर्वोच्चको परमादेशबाट अहिले सुगन्ध या दुर्गन्ध के फैलिएको हो, म केही पनि भन्दिनँ, अहिले अदालतलाई तमासाको थलो बनाइएको छ । न्यायपालिकालाई त्यस्तो बनाउनु हुँदैन,’ उनले भने ।

ओलीले जेठ ८ मा दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन असंवैधानिक भएको ठहरसहित पुनर्स्थापना गरेको थियो । पुनर्स्थापना सँगै सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए ।

संम्बन्धित समचार

Leave a Reply