अमेरिकी डलर साढे २ महिनाअघिको भाउमा !

कात्तिक १९, काठमाडौं । अमेरिकी डलरको भाउ ओरालो लागेर साढे दुई महिनाअघिको हाराहारीमा आइपुगेको छ । केही दिनयता विस्तारै घट्न थालेको डलर भाउ आइतबार (आज) १ बराबर १ सय १६ रुपैयाँ २० पैसा रहेको छ । साढे दुई महिनाअघि असोज ८ गते १ बराबर १ सय १५ रुपैयाँ ८२ पैसामा अडेको थियो ।

मुलुकको केन्द्रीय बैंकले आइतबारलागि तोकेको विनिमय दरअनुसार १ डलरबराबर १ सय १६ रूपैयाँ २० पैसा बिक्री दर र १ सय १५ रुपैयाँ ६० पैसा खरिद दर रहेको छ । गत शुक्रबार १ सय १७ रुपैयाँ ८३ पैसा पुगेको थियो ।

ad ad
गत असोज २४ गते इतिहासमै पहिलो पटक डलर भाउ १ बराबर १ सय १९ रुपैयाँ ३३ पैसासम्म पुगेर कीर्तिमान कायम गरेको थियो । डलर भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको अमेरिकी डलरको भाउ शुक्रबारको दाँजोमा १ रुपैयाँ ६३ पैसाले सस्तो छ । गत बिहीबार १ डलर किन्न १ सय १८ रुपैयाँ ६३ पैसा खर्च गर्नुपथ्र्यो । बुधबार १ सय १८ रुपैयाँ १९ पैसा र मंगलबार १ सय १७ रुपैयाँ ८१ पैसा पुगेको थियो । डलर भाउ बढ्नु भनेको नेपाली रुपैयाँ कमजोर भएको अवस्था हो ।

अमेरिकी डलर संसारभरका मुद्राको दाँजोमा पछिल्लो पटक सबैभन्दा बलियो भएको छ । पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ अवमूल्यन हुने क्रम जारी छ । यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको छ किनभने भारु १ सयबराबर नेपाली मुद्रा १ सय ६० रुपैयाँको स्थिर विनिमय दर रहेको छ । यो साढे तीन दशकदेखिको विनिमय दर हो । यस हिसाबले आइतबार १ अमेरिकी डलरबराबर भारु ७२ रुपैयाँ ६२ पैसा रहेको छ । गत भदौ दोस्रो साताअघिसम्म प्रतिडलर १ सय १० रुपैयाँहाराहारी थियो ।

संम्बन्धित समचार

Leave a Reply