श्रममन्त्री श्रेष्ठसंग कृषि उद्यम केन्द्रका सभापति सुमार्गीसहितको टोलीले भेट्यो

मंसिर १०,काठमाडौँ । उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीसहितको टोलीले श्रम तथा रोजगार मन्त्री किसन श्रेष्ठसंग भेट गरेको छ । भेटको क्रममा केन्द्रका सभापति सुमार्गीले कृषि उद्यम केन्द्रले चलाइरहेको १०० किसान अभियानको विषयमा जानकारी गराउदै मन्त्रालयलाई किसानलाई समेटेर रोजगारीको कार्यक्रम बनाउन आग्रह गरे । उनले केन्द्रले तयार पारेको १०० किसान अवधारणासमेत हस्तान्तरण गर्दै सो अभियानमा सरकारलाई सहयोग गर्न आग्रह गरे ।

सुमार्गीले कृषिको गेमचेन्जर कार्यक्रम १०० किसान अवधारणा सरकारलाई नै सफल बनाउन अघि सारिएको बताए । उनले क्न्द्रको देशभरी नै किसानसंग सम्पर्क रहेको भन्दै सरकारसंग समन्यव गरेर अघि बढ्न खाजेको प्रष्ट पारे । उनले किसानको लागि उत्पादित सामाग्रीको बजारिकरणको लागि बजार तयार पारेको र यो व्यवस्थालाई अन्तराष्ट्रियकरण गर्ने समेत बताए । उनले बाहिरबाट आएका देशभित्र र बाहिर रहेका किसानलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत सामले गराउनु पर्नेमा जोड दिए ।

सो क्रममा मन्त्री श्रेष्ठले मन्त्रालयको तर्फबाट आफुले सक्दो सहयोग गर्ने भन्दै कृषि उद्यम केन्द्रलाई ठोस कार्यक्रम ल्याउनसमेत आग्रह गरेका थिए । भेटको क्रममा मन्त्री श्रेष्ठले नेपाल कृषिप्रधान मुलुक रहेको तर उत्पादन र बजारिकरणमा छाडी परेकोले अव सरकारले निजी क्षेत्रसंग मिलेर थप कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताए । भेटको क्रममा युवा किसान राज शाही, राजेन्द्र खनालसहितको उपस्थिती रहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply