माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त

माघ २,काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोभिड– १९ रिपोर्ट नेगेटिभ आएको छ । अध्यक्ष प्रचण्डका सहयोगी सूर्य किरणकाअनुसार आइतबार बिहान पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

‘आज बिहान अध्यक्ष प्रचण्डको कोरोना टेष्ट गरिएको थियो । प्रतिवेदन रिजल्ट नेगेटिभ आएको उनले बताए । पुस २३ गते पीसीआर परीक्षण गरेपछि उहाँमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । अध्यक्ष प्रचण्ड स्वास्थ्य सुरक्षाको मापदण्ड अप्नाउँदै आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका थिए ।

संम्बन्धित समचार

Leave a Reply