नेकपा (एस) धुनिवेशी नगर अधिवेशनलाई सम्बोधन गर्न माधव नेपाल आउने

चैत्र २,धादिङ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी धुनिवेशी नगर कमिटीको प्रथम नगर अधिवेशन आगामी चैत्र ५ गते (शनिबार) हुने भएको छ ।

प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न पार्टीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपाल र बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत नेताहरु धुनिवेशीको अमलेचौर आउने कार्यक्रम तय भएको पार्टीका धुनिवेशी नगर संयोजक गोकुल रेग्मीले जानकारी दिए ।

नेकपा एकिकृत समाजवादीले स्थानीय चुनावकेन्द्रित गरेर विभिन्न स्थानीय निकायमा नगर तथा गाँउ अधिवेशन गरिरहेको छ । सोही अनुरुप धुनिवेशीमा पनि प्रथम नगर अधिवेशन हुन लागेको हो ।

शनिवार हुने प्रथम अधिवेशनमा धुनिवेशी नगरको नेतृत्व चयन गरि अनुमोदन गर्नेछ । नगर अधिवेशनमा विभिन्न कलाकारलेसमेत प्रस्तुती दिने बताइएको छ । केहिदन अघिमात्रै नेकपा (एस)ले गल्छीमा गाँउपालिका अधिवेशन सम्पन्न गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply