लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

मंसिर १०, काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । शनिबार सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग १–१ गोलको बराबरीमा रोकिएको हो । म्यानचेस्टर सिटीले इर्लिंग हालाण्डको गोलमा खेलको २७औं मिनेटमा अग्रता लिएपनि लिभरपुलले खेलको ८०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । लिभरपुलका लागि ट्रेन्ट एलेजेन्डर आर्नोल्डले गोल गरेका थिए । यो बराबरीसँगै प्रिमियर लिगको अंक तालिका रोचक देखिएको छ । सिटीको बराबरीपछि अब आर्सनलले सिटीलाई उछिनेर शिर्ष स्थानमा जाने अवसर पाएको छ । आर्सनलले आजराती ब्रेन्टफोर्डविरुद्ध खेल्दै छन् । यो खेलपछि सिटीको १३…

पुरा पढ्नुहाेस्

रिगल बाँके कारागार चलान

कार्तिक १७, काठमाडौँ । सर्वोच्च अदालतले आममाफी बदर गरेपछि पुन: पक्राउ परेका बाँकेको नेपालगञ्जका रिगल भनिने योगराज ढकाल जिल्ला कारागार बाँके चलान भएका छन् । सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो । अदालतले उनलाई जिल्ला कारागार चलान गरेको हो । रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बसेर कैद भुक्तान गर्नुपर्नेछ ।

पुरा पढ्नुहाेस्

सुनको मूल्यले ब्रेक गर्‍यो रेकर्ड, हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै

कार्तिक १२, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा निर्वाचित

असोज १९, काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा निर्वाचित भएका छन् । शर्माले अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । राति अबेर प्राप्त मतपरिणम अनुसार शर्माले ५ सय ३१ मत पाउदाँ अधिकारीले ३ सय ६५ मत मात्र प्राप्त गरे। शर्मा यसअघि पनि अध्यक्ष थिए। शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो। उपाध्यक्षमा शर्मा प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन्। गुरुङले ५ सय ३४ मत पाउदाँ उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३…

पुरा पढ्नुहाेस्

आजको शेयर सेयरमा गिरावट : नेप्से १७.५६ अंकले घट्यो, कारोवार रकम कति ?

असोज १६, काठमाडौँ । अघिल्लो दिन सामान्य सुधार आएको सेयर बजार फेरि घटेको छ । साताको तेस्रो दिन सेयर बजार परिसूचक १७.५६ अंकले घटेर १९५८.७२ विन्दुमा पुगेको हो । दुईदिन घटेर सोमबार सामान्य अंकले बढेको नेप्सेले सुधारको आशा देखाएको थियो तर, सो खुसी दोस्रो दिन पनि टिक्न सकेन।. । कारोबारमा आएका १८७ स्क्रिप्टको मुल्य घट्दा नेप्सेमा ०.८८ प्रतिशतको गिरावट देखियो । ४४ स्क्रिप्टको मूल्य बढ्दा २ वटाको भने स्थिर रहे । नेप्से घट्दा सेन्सिटिभ इन्डेक्स ३.६६ अंकले घटेर ३७४.३९ अंकमा कायम भयो । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्सेले…

पुरा पढ्नुहाेस्

पाकिस्तानमा बम विस्फोट: कम्तीमा ५२ जनाको मृत्यु

आश्विन १२,काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण–पश्चिमी मास्तुङ जिल्लामा आज शुक्रवार बिहान भएको विस्फोटमा परि कम्तीमा ५२ जनाको जनाको ज्यान गएको छ । विस्फोटमा परि अरू ५० जनाभन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ । इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै विस्फोट भएको हो । बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले विष्फोट गराएका बताउँदै यसको निन्दा गरेका छन् । उनीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ ।

पुरा पढ्नुहाेस्

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन २४,काठमाडौँ । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा जोड दिएर यस वर्षको दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । दिवसका अवसरमा जनजाति आयोगले बानेश्वरमा र आदिवासी जनजाति महासङ्घले नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रमको आयोजना गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले पनि कार्यक्रम गर्दैछ । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि सारेको थियो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म…

पुरा पढ्नुहाेस्

विपद् पीडितलाई राहत वितरण गर्न कार्यबाहक प्रधानमन्त्रीको निर्देशन

साउन १०, काठमाण्डौँ । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीहरूलाई विपद्को पूर्व आकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृत रूपमा समन्वय गरी काम गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री, मुख्यसचिव, प्रधानसेनापति, रक्षा सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुखहरू र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू सहितको बैठकले पीडितलाई राहत वितरण गर्न समेत निर्देशन दिएको छ ।

पुरा पढ्नुहाेस्

सीता दाहालको निधन: प्रचण्डलाई भेट्न नर्भिक पुगे नेताहरु

असार २७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि नर्भिक अस्पतालमा परिसरमा नेतादेखि कार्यकर्तासम्मको भिड लागेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत अस्पताल पुगेका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना प्रकट गरेका छन् । छोरी रेणु दाहाल सहितका परिवारका सदस्यहरु, माओवादी केन्द्रका नेता अग्नि सापकोटा लगायतका नेताहरु, शुभेच्छुकहरु र पार्टीका कार्यकर्ताहरु पनि अस्पताल पुगेका छन् । समाचार संकलनका लागि पुगेका पत्रकारहरुको पनि अस्पतालमा उल्लेख्य उपस्थिति छ । सीताको आज बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।…

पुरा पढ्नुहाेस्

पाशुपत क्षेत्रमा अतिरुद्रात्मक रुद्रार्थ लिंगार्चन

जेठ २८, काठमाडौँ । पाशुपत क्षेत्रको हंसमण्डपमा शनिबार एकदिने श्री अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन तथा श्री ललिता सहस्रनाम पाठ गरिएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथि रहेको उक्त अन्तर्राष्ट्रिय सत्सङ श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग नेपालले आयोजना गरेको थियो । शनिबार बिहान गुह्येश्वरी र पशुपतिनाथको परिक्रमा र पूजाआजापछि लिंगार्चन र सहस्रनाम पाठ गरिएको हो । नासिकका पिठाधिश परमपूज्य गुरुमाउली श्री अण्णासाहेब मोरेले प्रवचन दिएका थिए । उनले भने, ‘सम्पूर्ण नेपालीको सुख, शान्ति, ऐश्वर्य साथै नेपाल राष्ट्रको समुन्नति श्रीवृद्धि र विश्व शान्तिको संकल्प गर्ने अवसर नेपालस्थित श्रीपशुपतिनाथको…

पुरा पढ्नुहाेस्