तेस्रो लगानी सम्मेलनको उद्घाटनमै दुई सम्झौता

बैशाख १६,काठमाडौँ । तेस्रो लगानी सम्मेलनमा दुईवटा सम्झौता भएका छन् । लगानी बोर्डले आयोजना गरेको दुईदिने सम्मेलनको उद्घाटनमै दुई सम्झौता भएको हो ।नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेशनल चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रिज अपफ मलेसिया ९एनआईसीसी०बीच ब्यापार र लगानी प्रबर्द्धनका लागि सम्झौता भएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाइले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच पनि सम्झौता भएको छ । डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे द्धिपक्षीय सम्झौता भएको हो । बीएलसी…

पुरा पढ्नुहाेस्

नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

बैशाख १६, काठमाण्डौँ । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाण्डौंमा आज आयोजित संछिप्त समारोहमा दुवै पक्ष बीच सम्झौता भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका छन् । मुलुक आर्थिक संकटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ नयाँ उद्योग व्यवसाय गर्नेलार्इ प्रोत्साहन गर्न तथा लगानीको श्रोत पुर्याउन आवश्यक छ। यस्तो अवस्थामा लगानी पुर्याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानी पश्चातको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने…

पुरा पढ्नुहाेस्

एक्सप्लोर अर्थमुर्भस प्रा. लि.को कसमस पम्प प्रदर्शनीमा

बैशाख १६, काठमाण्डौँ । काठमाण्डौंको भृकुटी मण्डपमा नेपाल हाइड्रो एक्पो सुरु भएको छ । एक्पोमा एक्सप्लोर अर्थमुर्भस प्रा. लि.ले बिक्री गर्दै आएको कसमस डिवाटरिङ पम्प समेत प्रदर्शनीमा राखिएको छ । भारतमा निर्मित कसमस डिवाटरिङ पम्प बिक्री गर्न नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता एक्सप्लोर अर्थमुर्भस प्रा. लि. रहेको छ । उक्त पम्पले टनेल, जलविद्युत आयोजनाको ड्याम, पुलको जग, धापिलो स्थानमा निर्माण हुने संरचनामा जम्मा भएको फोहर पानी, लेदो माटो आदि निष्काशन गर्न अति नै उपयोगी हुन्छ । मानिस जान नमिल्ने स्थान, जलविद्युत आयोजनाका जोखिमयुक्त सुरुङ, गहिरो इनार आदि स्थानमा यसबाट…

पुरा पढ्नुहाेस्

नयाँ बर्ष, जुडशीतल र ईद पर्वको अवसरमा मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं, वैशाख १६ गते । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बैशाख १४ गते शुक्रबारको दिन समाजको कतार शाखाले दोहाको सनैयास्थित फुलवारी रेस्टुरेन्टको सभाहलमा भव्य कार्यक्रम आयोजना गरेको हो ।कतार शाखाका अध्यक्ष शिव कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने समाजका संस्थापक डा. रवीन्द्र कुमार यादव र कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई विशिष्ट अतिथिको रुपमा सहभागी थिए ।कार्यक्रममा एनआरएनएका पदाधिकारी…

पुरा पढ्नुहाेस्

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

बैशाख १६, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ ।नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीयसंस्थामध्ये सबैभन्दा बढी २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई बैंक सम्मानित भएको हो । नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गर्नुभएको छ । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत…

पुरा पढ्नुहाेस्

‘लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ’ : मन्त्री चौधरी

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताएकी छिन् । वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल लगानी सम्मेलन २०२४’ का सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्ने भन्दै, ‘लगानीकर्ताहरूलाई हामीले वातावरण निर्माण गरिदिनुपर्छ । केहीकेही ऐन, कानूनका कारण उत्पन्न भएको समस्या समाधानका लागि अध्यादेशबाट लगानी सम्मेलनलाई नै आधार मानेर केही अध्यादेश ल्याएको छ । खासगरी नदी कोरिडोरको विषयमा । बाध्यात्मक अवस्था सिर्जना गर्ने…

पुरा पढ्नुहाेस्

मतान्तर बढाउदै कांग्रेसका खड्का, सुहाङ पछ्याउदै

बैशाख १६, इलाम । इलाम २ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ भने नेकपा एमालेले पछ्याईरहेको छ । फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणमा कांग्रेसका डम्बरबहादुर खड्काले ११४५ र एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत ल्याएका छन् ।

पुरा पढ्नुहाेस्

वेस्ट इन्डिज ‘ए’सँग नेपाल पराजित, सिरिज १-१ को बराबरीमा

बैशाख १६, काठमाडौं । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको हो ।यससँगै सिरिजमा १-१ को बराबरी भएको छ । यसअघि शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो ।

पुरा पढ्नुहाेस्

शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशाख १६, काठमाण्डौँ । यो दिन पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १३ करोड ५ लाख बढीको सेयर कारोबार भयो । त्यस्तै मल्टीपर्पस फाइनान्सको १० करोड ९९ लाख,पिपुल्स पावरको ९ करोड ८५ लाख,गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख र नेपाल फाइनान्सको ६ करोड ७३ लाख बढीको सेयर कारोबार भयो । यो दिन पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.८४ प्रतिशतले बढ्यो । आज प्रोग्रसिभ फाइनान्सको सेयरमूल्य ७.६२,श्री इन्भेष्टमेन्टको ६.८० प्रतिशत,वेष्ट फाइनान्सको ६.७८ र किसान लघुवित्तको सेयरमूल्य ५.९३ प्रतिशतले बढ्यो । आज रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात…

पुरा पढ्नुहाेस्

आज दोहोरो अंकले बढ्यो सेयर बजार, साढे २ अर्बको कारोबार

बैशाख १६, काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १४.३३ अंकले बढेर बजार १९८०.२७ बिन्दुमा पुगेको छ। कारोबार अवधिभर ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन । यस दिन व्यापार समूहबाहेक अन्य उपसमूहको सेयर मूल्य बढेको छ ।आज फाइनान्स समूह…

पुरा पढ्नुहाेस्