ललितपुरमा १० पटक वडा अध्यक्ष जितेका नरसिंह भतिजसँग पराजित

जेठ ५, काठमाडौँ । ललितपुर महानगरपालिका-१० मा १० पटकसम्म वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार पराजित भएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा ११ औं पटक वडा अध्यक्ष पदमा स्वतन्त्र उठेका उनी यसपटक भने आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भए ।

८१ वर्षीय नरसिंहले ५४३ मत पाउँदा उनका ४४ वर्षीय भतिज रविनमानले ८२५ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भए । रविनमान नेपाली कांग्रेसका उम्मेदवार हुन् । नरसिंह भने स्वतन्त्र रुपमा पुतली चुनाव चिह्न लिएर चुनाव लडेका थिए ।

नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए । त्यतिबेला उनले दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई हराएका थिए । त्यसयता ललितपुर महानगरपालिका वडा नम्बर १० को नेतृत्व उनले नै गर्दै आएका थिए ।

बहुदल आएपछिको पहिलो स्थानीय चुनावमा उनी नेपाली कांग्रेसको तर्फबाट निर्विरोध भएका थिए । २०७४ को स्थानीय चुनावमा पनि उनी स्वतन्त्र रूपमा नै चुनाव जितेका थिए ।

संम्बन्धित समचार

Leave a Reply