शेयर कर्जामा ४/१२ करोडको सीमा हटाउन माग

जेठ ५, काठमाडौँ । लगानीकर्ताका दुई संघ नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले केन्द्रीय बैंकलाई सेयर लगानीमा ४ करोड तथा १२ करोडको सीमा हटाउन माग गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गर्दै दुई लगानीकर्ता संघले शेयर कर्जामा ४/१२ करोडको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ४ करोड एउटा बैंकबाट गरी १२ करोडसम्मको शेयर कर्जामा सीमा लगाएको थियो । साथै, आर्थिक वर्ष २०७९/०८० को १ साउनदेखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन पनि लगानीकर्ताका संघले अनुरोध गरेका छन् ।

लगानीकर्ताहरुले मर्जर र एक्युजिसनले सेयर कारोबार रोकिँदा आम लगानीकर्ताको चल–अचल सम्पत्ति बन्धक भई नोक्सानी भएको तथा राज्यले पाउने राजस्वमा समेत नकारात्मक असर परेको भन्दै उक्त व्यवस्था पनि संशोधन गर्न माग गरेका छन् ।

हाल बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभाको लागि दाखिल खारेजी गर्ने व्यवस्था गरेजस्तै गरी केही सीमित अवधिको लागि मात्रै कारोबार रोक्का रहने व्यवस्था गनुपर्र्ने लगानीकर्ताको मागपत्रमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply