विश्व बैंकले नेपाललाई ‘डिजिटल नेपाल एक्सेलेरेसन डीएनए’ परियोजनाका लागि १७ अर्बको आर्थिक सहयोग दिने

असार ३, काठमाण्डौ । विश्व बैंकले नेपाललाई ‘डिजिटल नेपाल एक्सेलेरेसन डीएनए परियोजनाका लागि १४० मिलियन अर्थात् १७ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग दिने भएको छ । बिहीबार एक कार्यक्रमकाबीच विश्व बैंकका कार्यकारी निर्देशकले उक्त परियोजनाका लागि आर्थिक सहयोग स्वीकृत गरेका हुन् ।

डीएनए परियोजनाले ब्रोडब्यान्डमा पहुँच विस्तार गर्नुका साथै वित्तीय पहुँचमा धेरैभन्दा धेरै जनसंख्यालाई जोड्न सकिने बताइएको छ । ‘डिजिटल रुपान्तरणलाई अँगाल्ने देशहरूले हरियो, लचिलो र समावेशी विकासमा उन्नती गर्नेछन्’ नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसले भनेका छन् ।

संम्बन्धित समचार

Leave a Reply