‘नेपालको संघीयता महाकमजोर भयो’ : मुख्यमन्त्री शाही

असार ४,बिरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू ‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने आफूलाई नै थाहा नभएको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित पुँजी बजारसम्बन्धी कार्यक्रममा उनले भने, ‘म त हिजो जिल्ला विकास समितिको सभापति भएको मान्छे हो । त्यतिबेला त्यहाँ धेरै पावर थियो त ! अहिले नामको मात्र मन्त्री, मुख्यमन्त्री रे…! मैले अस्ति प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु, संघीयता मन परेको छैन भने ‘क्यान्सिल इट’ ।

नेपालको संघीयता विश्वमै महाकमजोर भएको उनले टिप्पणीसमेत गरे । ‘संसारमा संघीयता सबैभन्दा कमजोर भएको भारत हो, त्यसभन्दा महाकमजोर नेपालको संघीयता भयो,’ उनले कार्यक्रममा सहभागीलाई प्रश्न गर्दै भने ,‘केन्द्रीय सरकार र स्थानीय हिजो पनि थियो । संघीयता भनिएको छ, जग्गाको बारेमा अधिकार छैन । मोदी काश्मिरमा जाँदा त्यहाँको मुख्यमन्त्रीले मेरो ठाउँमा ल्याण्ड गर्न दिन्न भनेको त सुन्नु भएकै होला नि…! माथिका मान्छेले पावर दिन चाहँदैन । पुलिस यहाँ आएको छैन हो । माथिकाले भन्ने होला पुलिस नै प्रदेशमा गए गृहमन्त्रीले के जुम्रा मारेर बस्ने ? यो खालको समस्या छ । यो सबै कुरा पुँजीसँग जोडिन्छ ।’

संम्बन्धित समचार

Leave a Reply