‘लेखा परीक्षणमा वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता अनिर्वाय’ : अर्थमन्त्री शर्मा

असार १०, काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले लेखा परीक्षणमा वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता अनिर्वाय रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३७औँ वार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले लेखा परीक्षण पेशा राज्यसँग जोडिएको विषय भएकाले पारदर्शिता आवश्यक रहेको बताए ।

उनले लेखा परीक्षणलाई कुनै व्यक्ति वा संस्थाको स्वास्थ्यका आधारमा जोड्न खोजे त्यसले राज्यलाई नै असर पर्ने बताए । समयमा नै बजेट खर्च नहुने समस्या समाधानका लागि पनि लेखा परीक्षकहरूको सुझाव सरकारले लिने उनले बताए ।

संम्बन्धित समचार

Leave a Reply