सेन्ट लरेन्स टप १० भित्र परेपछि बिद्यार्थीहरु के भन्छन् ?

साउन ३,काठमाडौँ । एसइइको रिजल्ट नजिकिदैछ । लाखौ बिद्यार्थीहरु यतिबेला रिजल्टको पर्खाईमा मात्रै छैनन् उनिहरु अवको शिक्षाको गञ्तव्य कता भनेर खोजी,अनुसन्धान संगै चिन्तित पनि छन् । यसो त आफ्नो छोराछोरीको शैक्षिक भविष्यलाई लिएर हरेक अभिभावक पनि यतिबेला चिन्तित हुनु स्वभाविकै हो । एसइइ दिएर प्लस टूको खोजीमा भौतारिएका विद्यार्थी त यो समयमा झन धेरै ‘कन्फ्युजन’ मा रहन्छन् । कस्तो विषय रोज्ने रु कहाँ पढ्ने रु अबको शैक्षिक यात्रा कस्तो होला ? जस्ता थुप्रै प्रश्नले अभिभावक र विद्यार्थीलाई चिन्तित बनाएको हुन्छ ।

एकातर्फ १० वर्षे अध्ययन पश्चातको बोर्ड परीक्षा पार गरेको अवस्था अर्कोतर्फ उपयुक्त शैक्षिक संस्था र विषयमाथिको द्विविधा । यसबाट पार लगाउन अभिभावकको चिन्ता र विद्यार्थी स्वयंको दौडधुप जायज नै देखिन्छ । माध्यमिक तहको शिक्षाका रूपमा कक्षा ११ र १२ लाई समेटिए पनि एसईई उत्तीर्ण अधिकांश विद्यार्थी राम्रो ‘प्लस टु’को खोजीमा हुन्छन् । यसपालीको अनुसन्धानले शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्ट परिणाम ल्याएका सेन्ट लरेन्स चावहिल टप टेन भित्र परेको छ । सेन्ट लरेन्स कलेज १९९७ देखि निरन्तर शैक्षिक क्षेत्रमा सक्रिय संस्था हो । जहाँबाट पढेका बिद्यार्थीहरु राज्यका उपल्लो निकायमा पुग्नेदेखि लिएर विदेशमा समेत उच्च स्थान हासिल गरेको उदाहरण रहेका छन् ।

सेन्ट लरेन्समा कक्षा १२ मा व्यवस्थापन संकाय अध्ययनरत श्रेया गौतम सेन्ट लरेन्स कलेज उत्कृष्ट हुनुमा कलेजको शिक्षक र व्यवस्थापनलाई जस दिन्छन् । उनि भन्छिन्–’गुरुहरु सबै बिद्यार्थीलाई एकैनास गर्नुहुन्छ, कलेज फी पनि अफोर्डेवल छ, पढाई पनि उत्कृष्ट छ, विभिन्न शैक्षिक अभ्यासहरु पनि हुन्छन् ।’ उनि नयाँ आउने साथीहरुलाई सेन्ट लरेन्समा गुणस्तरिय शिक्षामा कुनै कमि नहुने भएकोले ढुक्क हुन आग्रह गर्छिन् । उनि यहाँ आएर कसैले रिग्रेट गर्नुपर्ने अवस्था नआउने बताईन् ।

यता सेन्ट लरेन्समै विज्ञान विषय लिएर अध्ययनरत अजित जिसी सेन्ट लरेन्स कलेज सबैले रोज्नुपर्ने एउटा उत्कृष्ट शैक्षिक संस्था रहेको बताउछन् । उनले भने–’म आफैपनि यहाँ अध्ययन गरिरहेको छु, अहिलेसम्म यहाँ मलाई कुनै किसिमको शैक्षिक समस्या भएको छैन् । तिन दशकदेखि अध्यापन गराइरहुनुभएको अनुभवी शिक्षकको कारण कलेजले नियमित उत्कृष्ट नतिजा पनि निकालिरहेको छ ।’ कलेजले प्रयोगात्मक शैलीलाई विशेष जोड दिने भएकोले पनि विद्यार्थीहरुको आर्कषण रहेको जिसी बताउछन् । उनि अरु कलेज भन्दा एउटा फरकचाँही बिद्यार्थीलाई आफ्नै परिवारको सदस्य जसरी पढाउनु नै भएको बताउछन् ।

कुन कुन परे टप १० भित्र ?

१.प्रसादी एकेडेमी ललितपुर

२.काठमाडौं मोडल (केएमसी) बागबजार

३.सेन्ट जेभियर्स माइतिघर

४.एनसिसिएस पकनाजोल र ग्लोबल कलेज अफ म्यानेजमेन्ट बानेश्वर

५.ट्रिनिटी इन्टरनेसनल कलेज डिल्लीबजार

६.पिनाकल एकेडेमी ललितपुर

७.मेरिल्यान्ड उमावि विराटनगर र जेभियर एकेडेमी लाजिम्पाट

८.बर्नहार्ट बल्खु र सिसिआरसी कोटेश्वर

९.लिटल एन्जल्स हात्तीवन, निष्ट नेसनल स्कुल अफ साइन्सेज लैनचौर र गोल्डेन गेट इन्टरनेसनल पुरानो वानेश्वर

१०.सेन्ट लरेन्स चावहिल र सेन्ट मेरिज ललितपुर

 

संम्बन्धित समचार

Leave a Reply