आजदेखि ई–पासपोर्टको लागि अनलाइन आवेदन खुला

साउन १७,काठमाडौँ । राहदानी विभागले ई–पासपोर्टको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने भएको छ ।

दिउँसो साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो ।

यो आवेदन प्रि–इनरोलमेन्टको लागि हो । विभागले दैनिक २ हजार ४ सय जनाको लागि प्रि–इनरोलमेन्ट खोल्छ ।

प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ । यस्तै, विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ । राहदानी बनाउन अनेक झन्झट र सास्ती खेप्नुपरेको सेवाग्राहीका गुनासो छ ।

विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदा पहिलेजस्तो जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग गएर एकै दिनमा आवेदन दिन सम्भव छैन ।

विद्युतीय राहदानी देशका सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट बनाउन सकिन्छ । तर जिल्लामा भन्दा काठमाण्डौमा रहेको विभागमा राहदानी बनाउनेको सङ्ख्या ठूलो छ ।

संम्बन्धित समचार

Leave a Reply