केराबारीमा ठूलो पहिरो जाँदा मुग्लिन नारायणगढ सडक खण्ड फेरि ठप्प

साउन २०, काठमाण्डौ । मुग्लिन-नारायणगढ सडक खण्ड फेरि ठप्प भएको छ । गएराति २ बजेदेखि मुग्लिननारायणगढ सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका२९ मा पर्ने केराबारी ठूलो पहिरो गएको छ । तीन वटा डोजरको सहायताले पहिरो पन्छाउन थाले पनि एउटाको टायर पन्चड भएकाले अहिले दुई वटाले पहिरो हटाइरहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply