ललितपुरको सानेपामा बस पल्टियो, ८ जना घाइते

साउन ३०, काठमाडौ । ललितपुरको सानेपामा बस पल्टिँदा ८ जना घाइते भएका छन्। एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । बस दुर्घटना हुँदा नवलपरासी कावासोती नगरपालिका–२ घर भइ काठमाडौं कलंकी बस्ने २५ वर्षीया सुगम थापा, कीर्तिपुर नगरपालिका–८ घर भएका ३३ वर्षीया सुनिता श्रेष्ठ, सुनसरी धरान नगरपालिका–२० घर भइ कीर्तिपुर बस्ने ३३ वर्षीया सन्ध्या राई, दोलखा घर भइ कीर्तिपुर बस्ने वर्ष ३० वर्षीया सबिना खड्का घाइते भएका छन् ।

यस्तै, ललितपुर महानगरपालिका–१४ नखिपोट घर भएका ३० वर्षीय उद्देश्य वाग्ले, सिन्धुपाल्चोक घर भइ ललितपुर धोवीघाट बस्ने ५९ वर्षीय जीतबहादुर पोखरेल, रामेछाप घर भइ भक्तपुर सुर्यबिनायक बस्ने ४५ वर्षीय खड्ग बहादुर थापा र काठमाडौं कलंकी घर भएका ६७ वर्षीय खिल बहादुर भण्डारी घाइते भएका छन्। उनीहरु सबैको स्टार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधिरराज शाहीले जानकारी दिए।

संम्बन्धित समचार

Leave a Reply