वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरको डोजर

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन ६, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन ६,काठमाडौँ । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।

डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो । तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरको भनाइ छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस