आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय

असोज १८, काठमाडौँ । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेको छ । आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन पत्र दर्ता गर्न असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकेको हो ।

यस्तै, सोही दिन पाँच बजे देखि ६ बजे सम्म उम्मेदवारीको सूची प्रकाशित गर्नेसमेत आयोगले जनाएको छ । असोज २४ र २५ गते दुई दिन ३ बजे देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझका लागी समय तोकिएको आयोगले जनाएको छ ।

उमेद्वारको अन्तिम नामावली भने आयोगले असोज २६ प्रकासन गर्ने र सोही दिन उमेद्वारलाई निर्बाचन चुनाब चिन्ह समेत दिने कार्यक्रम छ ।

संम्बन्धित समचार

Leave a Reply