समानुपातिक बन्दसूचीमा नाम रहेकामध्ये ५५० जनाको नाम हट्यो

कात्तिक ९,काठमाडौँ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूची रहेकामध्ये नाम हटाइएका उम्मेदवारहरुको विवरण सार्वजनिक गरेको छ । विभिन्न पार्टीबाट बन्दसूचीमा नाम रहेकामध्ये ५५० जनाको नाम आयोगले हटाएको हो । उमेर नपुगेका, जरिवाना नतिरेका तथा सरकारी नियुक्ति लिएर बसेका लगायतको नाम बन्दसूचीबाट हटाइएको हो ।

आयोगका अनुसार प्रदेशसभातर्फ प्रदेश १ मा ४५ जनाको नाम बन्दसूचीबाट हटेको छ । यस्तै मधेश प्रदेशबाट ८४, बागमती प्रदेशबाट ७१, गण्डकी प्रदेशबाट २२, लुम्बिनी प्रदेशबाट ७८, कर्णाली प्रदेशबाट २२ र सुदूरपश्चिम प्रदेशबाट २५ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

यसैगरी प्रतिनिधिसभातर्फ २०३ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

सुची हेर्नको लागि तलको लिंक प्रयोग गर्नुहोस् ।

Removed_List_PR_HoR

संम्बन्धित समचार

Leave a Reply