एमाले अध्यक्ष ओली भन्छन्__’देशमा कुनै पनि प्रकारको सैन्य गतिविधि सह्य हुँदैन’

माघ ६, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताएका छन् । नेकपा एमाले परराष्ट्र मामिला विभागले काठमाण्डौमा सुरु गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा अध्यक्ष ओलीले देशको अहित हुने, सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि देशमा हुन दिन नहुने बताए । उनले दुई छिमेकी देश भारत र चीनसँग पनि असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटकपटक दोहोर्याए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउन चाहेको समेत बताए । अध्यक्ष ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले त्यही अनुसारको परराष्ट्र नीति लिनुपर्ने समेत बताए ।

संम्बन्धित समचार

Leave a Reply