‘सी’ डिभिजन लिग जेठ पहिलो सातादेखि हुने

माघ ६, काठमाडौँ । सहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी वर्षको जेठ पहिलो सातादेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र ‘सी’ डिभिजन लिगका क्लबहरुबीच शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको छलफलपछि लिग जेठ १ गतेदेखि सुरु गर्ने सहमति भएको हो ।

यसपटक ‘सी’ डिभिजन लिगको विजेताले १० लाख, उपविजेताले सात लाख र तेस्रो हुने टिमले चार लाख रुपैयाँ पाउने तय भइसकेको छ । यस्तै, प्रतियोगिताको ‘फेयर प्ले अवार्ड’ पाउँने टिमले ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान ३५ हजार रुपैयाँ पाउनेछन् ।

संम्बन्धित समचार

Leave a Reply