आईसीसी विश्व कप क्रिकेट लिग–२: नेपालले यूएईलाई ४२ रनले हरायो

फागुन २२,काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई ४२ रनले हराएको छ । नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १ सय ८७ रनमा अलआउट हुँदै रनमात्र बनाउन सक्यो ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन बनायो । ६८ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा मध्यक्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लार्काले २/२ विकेट लिए ।

यस शृङ्खलामा नेपालले ४ खेल खेल्दा ३ मा जित निकाल्यो । नेपालले पीएनजीलाई २ वटै खेलमा हराउँदा यूएईसँग १ मा जित र १ मा हार बेहोर्‍यो । यो जितसँगै नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ ।

यो जितसँगै नेपाल लिग–२ को अङ्क तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । ३२ खेल खेलेको नेपालको ३२ अङ्क छ । उति नै खेल खेलेको यूएई ३१ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अङ्कसहिता तालिकाको पुछारमा छ ।

लिग–२ को शीर्ष ३ मा रहने टिमले जिम्बाब्वेमा हुने १० टिम सम्मिलित विश्व कप क्वालिफायर खेल्न पाउनेछन् । स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहेर विश्व कप छनोटमा स्थान पक्का गरिसकेका छन् । तेस्रो हुनका लागि नेपाल, यूएई र नामिबिया प्रतिस्पर्धामा छन् ।

३६ खेल खेलिसकेको नामिबिया ३९ अङ्कसहित तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न बाँकी रहेका ४ वटै खेल जित्नुपर्नेछ । अब नेपालले बाँकी सबै खेल जितेमा लिग–२ मा तेस्रो हुने सम्भावना कायम रहन्छ । यदि हारेमा शीर्ष ५ मा रहेर एकदिवसीय मान्यता जोगाउने अवसर बाँकी रहन्छ । नेपालले बाँकी रहेका ४ मध्ये ३ खेल जिते शीर्ष ५ मा स्थान पक्का गर्नेछ ।

लिग–२ मा अब बाँकी ४ खेल नेपालको घरेलु मैदानमै हुनेछ । यूएईका लागि पनि नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा पुग्न नेपालसँगको खेल जित्नैपर्ने अवस्था छ ।

संम्बन्धित समचार

Leave a Reply