भारतबाट बढेर आयो पेट्रोलको मूल्य

वैशाख ४, काठमाडौँ । भारतबाट डिजेल पेट्रोलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको उनले बताए । १५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५्७६ अमेरिकी डलर रहेकोमा अहिले अहिले प्रतिब्यारेल ८५ डलर पुगेको छ ।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन आइओसीबाट इन्धन ल्याएर बिक्री्वितरण गर्छ। आइओसीले नेपाल आयल निगमलाई पन्ध्र(पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ। हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ ।

संम्बन्धित समचार

Leave a Reply